९ पुस २०८२, बुधबार | December 24, 2025

चिरायु अस्पतालसँग संगीत रोयल्टीको सम्झौता



काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यहरुलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताए ।

‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित हाम्रो संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीत को सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छौं’, उनले भने, ‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।’ उनले आगामी दिनहरुमा समाजले पहिचान गरेको गीत संगीतको सार्वजनिक प्रयोग हुने सम्पुर्ण क्षेत्रहरुमा सम्झौता गर्दै जाने उल्लेख गरे । अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सम्झौता कार्यक्रममा अस्पतालका बिजनेश डेभलप्मेन्ट म्यानेजर हिमाल राना, आईटी अफिसर बसन्त खनाल, एडमिन अफिसर लक्ष्मी अधिकारी, बिजनेश डेभलप्मेन्ट अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाल र फ्रन्ट अफिसर इन्चार्ज सृष्टि डंगोलको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ५२ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण