६ पुस २०८२, आइतबार | December 21, 2025

‘अखण्ड भारत’ को नक्सामा नेपाली भू-भाग समावेश भएको भन्दै युवा संघले बुझायो ज्ञापनपत्र



भैरहवा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला कमिटीले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भू-भागहरुसमेत समावेश गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेत नेतृत्वको टोलीले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेपाली भूमिलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृत्तिप्रति गम्भिर हुन आग्रह गरेको छ ।

भारतले आफ्नो संसद् भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणमा उक्त विषय नउठाइएको भन्दै आपत्ति जनाएको छ । युवा संघले बुझाएको ज्ञापनपत्रमा भारतले नेपालको भू-भाग समेटेर बनाएको नक्सा सच्याउन पहल गर्न संघले नेपाल सरकारसँग माग गरेको छ ।

ज्ञापनपत्रमा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भुभागको रुपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भागको सट्टापट्टा गर्न सकिने भनी दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको उल्लेख छ । युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणको सम्मुखमा सार्वभौम संसदलाई छलेर निष्कृय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरिएकोप्रति आपत्ति जनाएको छ ।

यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानवीन तथा अनुसन्धान गरी दोषीहरु माथै हदैसम्मको कारवाही गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य कल्पना पांडे मगर, लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरी, जिल्ला उपाध्यक्ष दिपक खडकी, सचिव दिपेश कंडेल, सह-सचिव नवराज थापा, कोषाध्यक्ष नारायण थापालगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : ०८ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट