२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बुटवलमा श्रम स्वीकृति नलिएका र दर्ता नभएका भारतीय फर्निचर उद्यमीको बिगबिगी

श्रम अनुमति नलिएका भारतीय कामदार लगाउने क्लव डेनेभोको काममा रोक



बुटवल । नेपालमा सरकारी निकायको श्रम अनुमति नलिएका भारतीय मजदुरलाई काम लगाएको भन्दै बुटवलको  क्लव डेनेभोमा हुँदै गरेको स्तरउन्नतीको काममा रोक लगाएको छ । क्लवका संचालकले सरकारी निकायको श्रम स्वीकृति र अनुमति नलिएका भारतीय मजदुरलाई काममा लगाएको भन्दै बुटवल उपमहानगरपालिका सहितको अनुगमन टोलीले काम कारवाहीमा रोक लगाएको हो ।

कालिकानगरको कालिकापथमा रहेको क्लव डेनोभोको स्तरउन्नतीका क्रममा भइरहेको फर्निचर सम्बन्धी कार्य तत्कालका लागि रोक लगाइएको अनुगमन समितिले जनाएको छ । हाल क्लव डेनोभो भारतीय मजदुरबाट विना श्रम अनुमति नै फर्निचर सम्बन्धी कार्य गरेको जानाकारी पाएपछि बुटवल उपमहानगरपालिका सहितको अनुगमन टोली त्यहाँ पुगेको थियो । अनुगमनका क्रममा फर्निचरको कार्य गर्ने अनुमति नलिई भारतीय नागरिक कमानिल अहमदको टिमले काम गरेको भेटिएको अनुगमनमा सहभागी रुपन्देही पर्निचर उद्योग संघका प्रथम उपाध्यक्ष तथा अनुगमन संयोजक तेजप्रसाद पराजुलीले बताए । फर्निचर सम्बन्धी कार्य गर्ने अनुमति र काम गर्ने श्रम स्वीकृति विना क्लव डेनोभोमा काम गरेको पाइएपछि औजारहरु नियन्त्रणमा लिइएको उनले बताए ।

त्यस बाहेक मंगलबार अन्य स्थानमा भएको अनुगमनका क्रममा अधिकांस स्थानमा विना दर्ता नै फर्निचर सम्बन्धी कार्य गरेको अनुगमन समितिले फेला पारेको छ । बुटवल उपमहानगरपालिकाको अनुगमन समिति अन्तर्गत बुटवल ११ का जनप्रतिनिधी, बुटवल फर्निचर संघ, प्रहरी सहितको टोलीले मंगलबार आधा दर्जन भन्दा बढि स्थानमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय स्थानमा भारतीय नागरिकबाट काम भइरहेको भएपनि उनीहरुको नाममा न कुनै फर्निचर दर्ता छ न उनीहरुको नेपालमा काम गर्ने श्रम अनुमति छ, संयोजक पराजुलीले भने ।

बुटवलमा फर्निचर उद्योग सम्बन्धी कार्य गर्ने धेरै करको दायरा भन्दा बाहिर भएको र दर्ता भएका उद्योग त्यसबाट प्रत्यक्ष मारमा परेको गुनासो आएपछि अनुगमन समितिले अनुगमन सुरु गरेको पराजुलीले बताए ।

उनका अनुसार बुटवल कालिका पथमा गरिएको अनुगमनमा सरास्वती घिमिरेको नाममा रहेको फर्मबाट सुनिल जि.सीले काम गरेको, बद्री प्रसाद बडईले विना अनुमति काम गरेको, साथै क्लव डेनेभोमा कामानिद अहमदले लाखौ रुपैया फर्निचरको काम दर्ता विनानै गरेको भेटिएको थियो ।

दर्ता नगरी फर्निचर सम्बन्धी कार्य गरेका सवैलाई अनुगमन समितिले उपमहानगरपालिका भित्र र राजश्व कार्यालयमा दर्ता गरेर मात्र आउन भनेको छ । अनुगमनमा उप–महानगरपालिकाका वडा नम्बर ११ का वडा सदस्य नहकुल शाही, फर्निचर उद्योग संघका नगर अनुगमन उपसमितिका संयोजक नेत्र रुचाल, वडा प्रहरी चौकी देविनगरका लक्ष्मण न्यौपाने, नगर प्रहरी जितेन्द्र खड्का, फर्निचर उद्योग संघ रुपन्देही जिल्ला अनुगमन संयोजक तेजप्रसाद पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ३ : १६ बजे

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको