६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

गर्मीले बर्दियाको जनजीवन प्रभावित



बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।

दिनप्रतिदिन यहाँको गर्मी बढिरहेको छ भने दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन थप अस्तव्यस्त बनेको स्थानीय बताउँछन् । अत्यधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र बाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको मधुवन उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नृप सोडारीले बताए ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शैया अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  २ : ३० बजे

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौं । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६