१० असार २०८३, बुधबार | June 24, 2026

लकडाउन अवधिको शुल्क उठाउन नदिए चलेका अनलाईन, अफलाईन र रेडियो टेलिभिजन कक्षा पनि बन्द गर्ने निजी बिद्यालयको चेतावनी



बुटवल । निजी बिद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले संचालनमा रहेका अनलाईन, अफलाईन तथा रेडीयो टेलभिजन कक्षाहरु पुनः सरकारको बिरोधमा बन्द गर्ने चेतावनी दिएका छन् ।

प्याब्सन र एन प्याब्सनका अध्यक्ष द्वय टिकाराम पुरी र ऋतुराज सापकोटाले बिज्ञप्ति प्रकाशित गर्दै कक्षा संचालन गर्न दिने तर शुल्क उठाउन नदिने सरकारको दोहोरो चरित्रका कारण असार २२ गतेबाट बन्द गरिएका अनलाईन, अफलाईन, रेडियो तथा टेलिभिजन कक्षाहरु बन्द गर्ने कार्यक्रम स्थगित गर्दै सरकारले माग सम्बोधन नगरे पुनः बन्दका कार्यक्रम अगाडी बढाउने जनाएका छन् ।
ऋसार १ गतेबाट बिभिन्न प्रबिधि अपनाएर निजी बिद्यालयहरुले कक्षा संचालन गर्न थालेका थिए । एन प्याब्सन र प्याब्सनले अनलाई कक्षा, अफलाईन कक्षा तथा रेडियो टेलिभिजन कक्षाको शुल्क उठाउन आफु आवद्ध बिद्यालयलाई आह्वान गरेपछि सरकारले एक्सन लिएको थियो । सरकारले लकडाउनका कारण बन्द भएको अवधिको शुल्क उठाउन नपाउने निर्देशन गरेको थियो ।
उनीहरुले निकालेको बिज्ञप्तिमा लाखौलाई रोजगारी दिएको र अर्बौं रकम बिदेशीनबाट रोक्न सफल भएको निजी शिक्षा क्षेत्रलाई सहजिकरण गर्न सरकारले नजरअन्दाज गरेको उल्लेख गरिएको छ ।

३१ लाख बिद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको निजी बिद्यालयहरुलाई अभिभावकहरुको शुल्कबाट बाँच्न बाध्य बिद्यालयहरु दायीत्व भुक्तानी समेत गर्न नसक्ने अवस्थामा पुगेको भन्दै बिज्ञप्तिमा बिद्यालयमा आश्रित शिक्षक तथा कर्मचारीहरुको दायित्व समेत निर्वाह गर्ने अवस्थामा नरहेको लेखिएको छ ।

पुरी र सापकोटाले शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रीको उपस्थितीमा मन्त्रालयका पदाधिकारीसँग भएको वार्तामा सरकारले सकारात्मक सम्बोधन गर्ने आश्वासन दिएकाले कक्षा बन्द गर्ने कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

निजी बिद्यालयले अनलाईन कक्षा सुरु गरेसँगै लकडाउनका कारण बिद्यालय बन्द रहेको अवधिको समेत शुल्क भुक्तानीका लागि अभिभावकलाई सुचना जारी गरेपछि शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्रालयले शुल्क उठाउने काम नरोके आरवाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ३८ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं