४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको १ असारमा अन्तिम संसदीय सुनुवाइ हुने



काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको १ असारमा अन्तिम सुनुवाइ गर्ने भएको छ ।

सोमबार बसेको समितिको बैठकमा आउँदो १ असारमा अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीका विषयमा छलफल भएको छ ।

गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेमा कार्कीविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ ।  योसँगै अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १२ : ०६ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका