६ पुस २०८२, आइतबार | December 21, 2025

पाल्पामा लिची टिप्न रुख चढेकी महिला रुखबाट खसेर मृत्यु



पाल्पा । पाल्पामा लिची टिप्न रुखमा चढेकी एकजना महिलाको रुखबाट खसेर मृत्यु भएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज मध्यान्ह साढे १ बजेको समयमा पाल्पा बगनासकाली-९ फक्टुङ बस्ने वर्ष ४५ की धना खाण आफ्नै बारीमा रहेको लिचिको रुखमा चढी लिची टिप्ने क्रममा अचानक रुखबाट लडी घाईते भएकी थिईन् । घटना लगत्तै उपचारको लागी धनाका श्रीमान ज्ञान बहादुर खांणले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगेकोमा उपचारको क्रममा अपरान्ह ४ः४५ बजे मृत्यु भएको हो ।

मृत्यु भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली घटना स्थल पुगेर अनुसनधान सुरु गरेको पाल्पा प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाल्पामा पठाईएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : ०६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको