६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

क्रूर हत्या गर्नेलाई जन्मकैदको फैसला



बागलुङ । चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फुलमाया माझीलाई क्रूर हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।

माझीलाई सलको पासो लगाएर हत्या गरेपश्चात बलात्कार गर्ने र गरगहना लुट्ने प्रकाशलाई जन्मकैद सुनाइएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए । विसं २०७९ असोज ३० गते बिहान घरबाट ज्यालामजदुरी गर्न निस्किएकी फुलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा सिसी टिभी फुटेजलाई आधार मान्दा शङ्कास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फुलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए । प्रहरीले २०७९ साल कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : ३२ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर