२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना, मृतक ८ जनाकै सनाखत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् । “प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ ।

थप १ जनाको पनि सनाखत
आज मध्यान्ह भएको कार दुर्घटनामा सनाखत हुन बाँकी १ जनाको पनि सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर सुबेदी रहेको प्रहरीले जनाएको छ । अन्य ७ जनाको साँझ अवेर सनाखत भएको थियो ।

सो दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको थियो । सनाखत भएका मृतकहरुमा तुल्सीपुर १५ कोठरीका ३५ वर्षिया सरिता शर्मा पोख्रेल, पोख्रेलका १४ वर्षिय छोरा विशाल पोख्रेल र अर्का ९ वर्षिय छोरा विकाश पोख्रेल, लमही ७ गढवा ४० वर्षिय गोविन्द शाह र उनकि श्रीमती ३० वर्षिया राधा नेपाली तथा र उनीहरुका ९ वर्षिय छोरा आदित्य शाह रहेका छन् । कार चालक लमही ४९ का तारा कुमालको पनि मृत्यु भएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १० : ११ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब