२९ भदौ २०८३, सोमबार | September 14, 2026

‘यौन काण्ड’ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन



रोम । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका ब्यक्ति हुन । उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि  सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए ।

सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत हुन । उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिकसमेत रहेका थिए ।

हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ । इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए ।

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ८ : १५ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७