३० चैत्र २०८२, सोमबार | April 13, 2026

भाइले गरे खुकुरी हानेर दाइको हत्या



काठमाडौं। काठमाडौंमा भाइले खुकुरी हानेर दाइको हत्या गरेका छन् । राजधानीको ओमबहालस्थित माथेमा चोकमा भाइले गरेको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ ।

घरायसी विवादमा २५ वर्षीय भाइ सुरज शाक्यले गएराति खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाइ सूर्य शाक्यको मृत्यु भएको जनसेवा प्रहरीले जनाएको छ । गएराति घरमै दाजु–भाइबीचको झगडाका क्रममा राति १२ बजे सुरजले सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेको प्रहरीले जानकारी दिएको छ । फरार सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलबाट आज बिहान १० बजे प्रहरीले पक्राउ गरेको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

आज बिहान ८ः२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेको सूचना प्रहरीलाई दिएपछि प्रहरीले अनुसन्धान थालेको डीएसपी रिजालले बताए । प्रहरीलाई घरका अन्य सदस्यहरुले आफुहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा नपाएको बयान दिउको पनि उनले बताए ।

पक्राउ परेका सुरजमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ३९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका