२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसद्धारा आक्रमण, ११ को मृत्यु



किभ । रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलबार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारवाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् ।

क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन् । क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताए ।

रुसले आक्रामण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो ।

रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्‍यो, जसले सो क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । यो विनाश रूसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो । पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रामण भएको हो ।

जेलेन्स्कीले केही तस्विरहरू सेयर गरेका छन् जसमा अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ । जेलेन्स्कीले लेखेका छन, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रूसी हत्याराहरूले आवासीय भवनहरू, शहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : २६ बजे

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल