६ पुस २०८२, आइतबार | December 21, 2025

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसद्धारा आक्रमण, ११ को मृत्यु



किभ । रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलबार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारवाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् ।

क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन् । क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय भवनलाई निशाना बनाएको निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्ही लिसाकले बताए ।

रुसले आक्रामण गरेको क्रिवीवी रिह सहर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर हो ।

रसियाले रणनीतिक रूपमा यहाँ रातभर हमला गर्‍यो, जसले सो क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । यो विनाश रूसी सेनाको युद्धमा पछिल्लो रक्तपात हो । पश्चिमाको सहयोगमा युक्रेनी सेनाले रुसीहरूलाई बाहिर धकेल्ने प्रयास गरिरहेको अवस्था यो आक्रामण भएको हो ।

जेलेन्स्कीले केही तस्विरहरू सेयर गरेका छन् जसमा अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेको देखिन्छ । जेलेन्स्कीले लेखेका छन, ‘आतंकवादीहरूबाट थप मिसाइलहरू, रूसी हत्याराहरूले आवासीय भवनहरू, शहरहरू र आम मानिसहरू विरुद्ध आफ्नो युद्ध जारी राखेका छन्’ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : २६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ