४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारत सरकारको सहयोगमा निर्मित इलाम बरबोटेको गुरुकुल विद्यालयको उद्घाटन



काठमाडौं । भारत सरकारको सहयोगमा बनेको एक विद्यालयको सोमबार उद्घाटन गरिएको छ ।

इलामको बरबोटे गाउँपालिकामा अवस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको सोमबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरिएको भारतीय दूतावासले जनाएको छ ।

नेपाल–भारत मैक्री विकास सहकार्य कार्यत्रम अन्तर्गत ३ करोड १ लाख ३० हजार १३ नेपाली रुपैयाँको लागतमा निर्माण गरिएको सो विद्यालयको उद्घाटन कार्यक्रममा बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरु सहभागी भएका थिए ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराईंदै आइएको छ । विद्यालयमा आवासीय सुविधा पनि रहेको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्यालयको चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमध्ये दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेको छ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावास खुशी व्यक्त गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ३७ बजे

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार