८ चैत्र २०८२, आइतबार | March 22, 2026

लुम्बिनी प्रदेश सरकारको बजेट भोली आउँदै



लुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।

भोलि (असार १ गते) दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ मा चालु आव भन्दा ५-१० प्रतिशत बजेट घटाइने छ ।

चालु आर्थिक वर्ष २०७९/०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यस वर्ष सोही बजेट १० प्रतिशतको हाराहारीमा कटौती गर्ने तयारी छ । कटौती भएमा करिब ४ अर्ब बजेट घट्ने छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : ०८ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा