४ चैत्र २०८२, बुधबार | March 18, 2026

उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो । सात दिनभित्र जवाफ नदिए कानुन बमोजिम भई जाने प्राधिकरणले चेतावनी दिएको छ ।

‘यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो । उक्त क्षेत्रमा नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले यस प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८० / २/ ३२ मा फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर सो कुरालाई अटेर गरी जवर्जस्ती पूर्वक कानुनविपरीतको कार्य गरे गराएको र सो सम्बन्धी पत्र, जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराईन्छ । म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भै जाने व्यहोरा समेत यसै पत्रबाट सुचित गरिन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।

पत्रको पूर्णपाठ :

मितिः– २०८०/०३/०१

श्री बालेन्द्र शाह प्रमुख
काठमाण्डौ महानगरपालिका ।

विषयः लिखित स्पष्टीकरण पेश गर्ने सम्बन्धमा ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि तत्कालिन श्री ५ को सरकारले अधिग्रहण गरी यस प्राधिकरणका नाउँमा दर्ता रही नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २(ग) बमोजिमको विमानस्थल क्षेत्रको रुपमा रहेको का.जि.का.म.न.पा. वडा नं. ९ स्थित नक्सा सिट नं. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो । उक्त क्षेत्रमा नगर प्रहरी उपरिक्षक राजु पाण्डे समेतले यस प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८० २३२ मा फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको तर सो कुरालाई अटेर गरी जवर्जस्ती पूर्वक कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धी पत्र, जानकारी माग गर्दा हामीले नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ दिएकाले सो तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा तपाईको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० ÷ ०२ ÷ ३२ को निर्णयानुसार जानकारी गराईन्छ । म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भै जाने व्यहोरा समेत यसै पत्रबाट सुचित गरिन्छ ।

प्रकाश चन्द्र शर्मा
उपप्रबन्धक 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : २८ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५