१५ भदौ २०८३, सोमबार | September 1, 2026

तिलोत्तमामा सुनवलका १८ वर्षीय सुमन कंवरको हत्या, हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी सार्वजनिक



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । तिलोत्तमा-१६ पूर्व बहियाका स्थानीय २२ वर्षीय ज्ञान बहादुर कंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मंगलबार हत्या गरेको प्रहरीले जनाएको छ ।

नवलपरासी बर्दघाट (सुस्ता-पश्चिम) सुनवल नगरपालिका-७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञान बहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार साँझ करिब ७ बजेको समयमा उनीहरु बीच आपसी विवाद भएपछि अभियुक्त कंवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर बि।क।ले बताए । अभियुक्तलाई बिहिबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।

जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ४८ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,