२९ बैशाख २०८१, शनिबार | May 11, 2024

जापानमा १६ वर्ष मुनीको यौन सबन्ध बलात्कार हुने, यसअघि १३ वर्ष थियो



टोकियो । जापानको यौन अपराध कानुनमा ठूलो परिवर्तन गरिएको छ । यहाँ बलात्कारको परिभाषा परिर्वतन र सहमतिको उमेर बढाउन नयाँ कानुन पारित भएको छ । नयाँ कानुनअनुसार सहमतिविना शारीरिक सम्बन्ध राख्नु बलात्कार मानिनेछ ।

अहिलेसम्म जबर्जस्ती सम्बन्धलाई मात्र बलात्कारको दायरामा राखिएको थियो । साथै, कानुनी सहमतिको उमेर पनि अब १३ वर्षबाट १६ वर्ष पु¥याएको छ ।

जापानको संसद्को माथिल्लो सदनले शुक्रबार नयाँ कानुन पारित गरेको हो । यसमा कुनै कारणले पीडितले आफ्नो असहमति दर्ता गर्न नसकेका ८ वटा अवस्था समेटिएको छ । उदाहरणका लागि, यदि पीडितलाई औषधि दिइयो भने, उसलाई हिट वा धम्की वा यदि उसले सम्बन्ध राख्न अस्वीकार गर्यो भने पनि बलात्कार सबन्धी मुछा चल्नेछ ।

त्यसैगरी, जापानमा पछिल्लो ११६ वर्षमा पहिलो पटक सहमतिको उमेर परिवर्तन गरिएको छ। सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो ।

यसका साथै यस ऐन अन्तर्गत बलात्कार सम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट घटाएर १५ वर्ष गरिएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । यससँगै फोटो भ्युरिज्ममा पनि प्रतिबन्ध लगाइएको छ । विकसित देशहरूमध्ये जापानमा सेक्सका लागि सहमतिको सबैभन्दा कम उमेर रहेको छ।

तर, नयाँ कानुनअनुसार १३ देखि १५ वर्ष उमेरका नाबालिगसँग यौनसम्पर्क राख्ने पीडितभन्दा कम्तीमा ५ वर्ष जेठो भए मात्रै अपराध मानिनेछ ।

वास्तवमा, जापानमा बलात्कारका घटनाहरू लगातार बढिरहेका छन्, तर कमजोर कानूनका कारण कि अपराधीहरू स्वतन्त्र छन्  र पीडितहरूले अपराध दर्ता गर्दैनन्। रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए । अर्कोतर्फ, जापान सरकारले २०२१ मा गरेको सर्वेक्षणअनुसार ६ प्रतिशत पीडितले मात्रै उजुरी दिएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ०० बजे

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी, ७ जना गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश