४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्सेनि किसानलाई मलकै चिन्ता



ललितपुर । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् ।

रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ता हुने गर्छ ।

ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ । त्यसैगरी साल्ड टे«डिङमार्फत महानगरले एक हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ ।

ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन ।

उनले भनिन, “ललितपुर महानगरपालिकाको वडा नं १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र कसानले खेती गरिरहेका छन् । चालु आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन ।”

“अन्य जिल्लामा जस्तै काठमाडौं उपत्यकामा गाई, भैँसी पालन कम गरिएको हुँदा किसानले प्रयाप्त प्राङ्गारिक मल उत्पादन गर्न सकेका छैनन् र हामीले पनि किसानलाई रसायनिक मल प्रयाप्त रुपमा उपलब्ध गराउन सकिरहेका छैनौँ । अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउनुहुन्छ । माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन । हामीलाई पनि चिन्ता छ ।” उनले भनिन, “खेतीपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन् ।”

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ११ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको