८ चैत्र २०८२, आइतबार | March 23, 2026

बन्दै गरेको सडकको बजेट काटिएपछि योगीकुटी पूर्व पश्चिमका स्थानीयले गरे चरणबद्ध आन्दोलनको घोषणा



बुटवल । बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै बजेट कटौती गरिएको भन्दै स्थानीयबासीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । संघीय सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेर केही काम अगाडि बढी सकेपछि एकाएक संघीय सरकारबाट योजना प्रदेशमा पठाएसँगै बन्दाबन्दैको सडक अलपत्र परेको भन्दै स्थानीयले आन्दोलनको घोषणा गरेका हुन् ।

संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका स्थानीयले आज धुलाम्मे सडक किनारमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका योगी कुटी पूर्वका संयोजक डिल्लीराज अर्यालले संघले प्रदेशलाई हस्तान्तरण गरेको योजनाको फायल सडक विभागको पूर्वाधार कार्यालयले बेपत्ता बनाएको आरोप लगाए । योजना प्रदेशमा सरेपनि विभागले फायल प्रदेशमा नपठाउँदा सडक निर्माण बिचमै अलपत्र परेको उनले बताए ।

सडकको काम अगाडि बढेसंगै ठेकेदार कम्पनीको कामलाई तिब्रता दिन संघबाट रकम नआउँदा सम्मका लागि भन्दै १५ लाख बढी स्थानीयले नगदै उठाएर काम गराएको र लाखौ रुपैयाँ बराबर जमानत बसेर कच्चा पदार्थ उपलब्ध गराएको अर्यालले बताए । एकाएक बजेट रोक्का भएपछि बाटो पनि नबन्ने र आफहरुको रकम पनि डुब्ने खतरा देखिएको पनि उनले बताए ।

बुटवल धागो कारखानाबाट योगीकुटी, मगराघाट हुँदै तामनगर निस्कने बाइपास रोड बन्ने आश्वासन पाएसँगै स्थानीयले बिना मुआब्जा करोडौंको सम्पत्ति सडकको नाममा गरिदिएका थिए । ‘बाईपास रोड भनिएको सडकलाई अहिले लिंक रोड भनिएको छ,’ उनले भने, ‘सरकारले स्थानीयसँग झुठा कुृरा गरेर सम्पक्ति हडप्ने काम ग¥यो ।’

बाईपास रोड भनिएकै कारण २८ वटा पक्की घर स्थानीयले आफैले फोडेका थिए भने १२८ घरधुरीले आफ्नो नाममा श्रेष्ता रहेको जग्गा सडकका नाममा गरिदिएका थिए । सो सडक निर्माणका क्रममा बाटो ध्वस्त बनाएपछि सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने हरेक दिन बाटोबाट उछिट्टीएको ढुंगा लागेर घाइते हुने गरेका छन् ।

सडकको संरचनामा हाल अलपत्र पारिएको सडक भन्दा नाला अग्लो रहेकाले पानी परेकै दिनबाट सडकमा पानी जम्ने जोखिम रहेको स्थानीय डिल्लीनारायण पाण्डेले बताए । ‘अहिले धुलोका कारण बाटो वारिपारीका घर देखिँदैनन्,’ उनले भने, ‘पानी परेपछि ताल जमेर वारिपारी गर्न नसकिने निश्चित छ ।’

सडक अलपत्र छाडिएको भन्दै शुक्रबार स्थानीयबासी सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका थिए । पूर्णानन्द गिरीको अध्यक्षतामा बनेको संघर्ष समितिले भोलिबाट सडक डिभिजन कार्यालयमा काम काज गर्न नदिने गरि शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ । सडकमा चक्का जाम गरेर नागरिकलाई दुःख दिनु भन्दा सरोकारवाला निकाय सडकको कामकाजमा अवरोधको बाटो अपनाइएको संघर्ष समितिका अध्यक्ष गिरीले बताए ।

ठेक्का सम्झौता गरिसकेपछि पनि अर्थमन्त्रालयले सो सडकको बाँकी बजेट रोक्का गरिदिएसँगै ठेकेदार कम्पनीले काम रोकेको सडक डिभिजन बुटवलले जनाएको छ ।

यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए ।

सरकार परिवर्तनसँगै उक्त सडक्अन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ । व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको स्थानीय अगुवा पाण्डेले बताए ।

संघीय सरकार अन्तर्गतको सो सडकमा योगीकुटी पूर्वमा एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा ठेक्का लिएको थियो भने पश्चिम खण्डको सिद्धार्थ दर्शन बीकोन जेभीले ६ करोड ५२ लाख ७४ हजारमा ठेक्का पाएको थियो । हाल सम्म ठेकेदार कम्पनीहरुले सडक पूर्वमा १ करोड १२ लाख बराबरको काम गरेर भुक्तानी लिएको छ भने सडक पश्चिमको ठेकेदारले १ करोड ४३ लाख भुक्तानी लगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ । दुई नगरको सीमा भएर बन्ने सडकमा दुबै नगरका जनप्रतिनिधिले उदासिनता देखाएकाले समस्या आएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : २७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय