५ पुस २०८२, शनिबार | December 20, 2025

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा



काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५-६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो ।

यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहयो । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा रहयो ।

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ४४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र