४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

स्मार्ट टिभीहरूका लागि ट्विटरको भिडियो एप आउँदैछ : एलन मस्क



लस एन्जलस ।  ट्विटरले स्मार्ट टिभीहरूको लागि ट्विटर भिडियो एप सुरू गर्ने भएको छ । टविटरका मालिक एलन मस्कले स्वयंले भनेका छन् ‘यो आउँदैछ ।’

ट्विटर भिडियो एपको आवश्यकता रहेको भन्दै एक प्रयोगकर्ताले दिएको सुझावको जवाफ दिदै मस्कले भनेका छन, ‘यो आउँदैछ ।’

ट्विटरमा एसएम रोबिन्सन नामका एक प्रयोगकर्ताले भने, ‘हामीलाई स्मार्ट टिभीका लागि ट्विटर भिडियो एप चाहिन्छ किनभनै मैले ट्विटरमा एक घण्टा लामो भिडियो हेर्न पाईरहेको छैन् ।’ जसमा मस्कले जवाफ दिएका हुन्, ‘यो आउँदैछ ।’

मस्कको प्रतिक्रिया पछि ती प्रयोगकर्ताले ट्वीट गरे, ‘यो सराहनीय छ । म अब यु–टयुबमा सब्सक्राइब गर्ने छैन, त्यो म अब रद्ध गर्नेछु र त्यसलाई फेरि कहिल्यै हेर्ने छैन ।’

ट्विटरले नयाँ अपडेट पनि ल्याएको छ, जहाँ यसले आफ्ना ब्लु टिक सदस्यहरूलाई २ घण्टा लामो भिडियोहरू अपलोड गर्न अनुमति दिएको छ ।

उनले ट्विट गर्दै मस्कले भनेका छन, ‘ट्विटरका प्रमाणित सदस्यहरूले अब २ घण्टाको भिडियो (८ जीबी) अपलोड गर्न सक्नेछन् ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : २८ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन