१० श्रावण २०८३, आइतबार | July 26, 2026

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार



पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए ।

हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् । उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ०९ बजे

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस