१८ माघ २०८२, आइतबार | February 1, 2026

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५३ लाख ८ हजार नेपाली रूपैयाँसहित एकजना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ११ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट