६ बैशाख २०८३, आइतबार | April 19, 2026

पाल्पामा गर्मी छल्न र घुम्न आउनेहरु मध्य ११ महिनामा २१ जनाको डुबेर मृत्यु



पाल्पा । पाल्पा जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले सतर्कता अपनाउन स्थानीय पालिकाहरुलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षको असार २ गते सम्म पाल्पामा २१ जनाको डबेर ज्यान गएपछि स्थानीय तालतलैयाहरुमा सावधानी अपनाउन र सचेतना बढाउन प्रहरीले स्थानीय पालिकाहरुलाई आग्रह गरेको हो ।

चालु आर्थिक वर्षको असार २ गते सम्म जिल्लाका ,विभिन्न स्थानमा २१ जनाको मृत्यु भएकोमा तिनाउ गाँउपालिकाको तिनाउको ड्याम र भूतखोलामा मात्र ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार सो अवधिमा १० जना पुरुष, २ जना महिला, ५ जना बालक र ४ जना बालिकाको डुबेर मृत्यु भएको छ । सो क्रममा तिनाउ ३ स्थित भुतखोला, ड्याम र तिनाउ खोलामा मात्र १ महिला, ६ जना पुरुष र २ जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अत्याधिक गर्मीका कारण गर्मी छल्न भन्दै रुपन्देही र त्यस आसपासका नागरिकहरु रहेको पनि प्रहरीले जनाएको छ । भारतबाट घुम्न आएको पर्यटकको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको दर बढेसँगै प्रहरीले स्थानीय पालिकाहरुलाई पर्यटन प्रवर्द्धन गर्न भन्दै स्थानीय पालिकाले बनाएका तालतलैयाहरुमा सावधानी अपनाउन र जोखिम कम हुने व्यवस्था मिलाउन स्थानीय पालिकाहरुलाई प्रहरीले आग्रह गरेको छ । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्थानीय तहबाट सो स्थानमा सुरक्षाका उपायहरु अपनाउनको लागी सचेत बनाउन प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ५४ बजे

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल