१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘परस्त्री’मा अत्याधिक चुम्बन र बेड सिन, सेन्सर बोर्डले दिएन प्रदर्शन अनुमति



काठमाडौं । नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।

आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।

मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।

बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।

सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ५९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको