५ पुस २०८२, शनिबार | December 20, 2025

साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपाल-कुबेत भिडदैँ



काठमाडौं । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुदैँछ । आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सो खेल दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ । कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

आमन्त्रित टिमको रुपमा साफमा सहभागी हुन लागेको कुबेतसँग नेपालले आज आफनो जीत दर्ज गराउने उदेश्यका साथ मैदानमा उत्रदैछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ३४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र