५ पुस २०८२, शनिबार | December 20, 2025

आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुदैँ



पोखरा । आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुदैँछ । दक्षिण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उदघाटन हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ । सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो ।

पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको बिमानवाट पोखरा आएका चिनियाँ खेलाडीहरुले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ ।

आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गईरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रुपमा रहेका छन् ।

सो प्रतियोगितामा पहिलो हुने टोलीले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : २९ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।