९ श्रावण २०८३, शनिबार | July 26, 2026

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी



सिडनी । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् । हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टी भएको छ ।

नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई  थप सजाय हुनसक्छ । गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो । उनी बिरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो । उनै पादरी माथी थप अर्को आरोप पुष्टी भए पछि उनी पुनः चर्चामा आएका हुन् ।

भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो । उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ ।

हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२ औं मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो । १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३००  किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए ।

पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३ औं अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि अगस्ट १५ मा अदालतमा पेश गरिने छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ०९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको