१८ माघ २०८२, आइतबार | February 1, 2026

बुहारीको कुटपिटबाट सासुको मृत्यु



काठमाडौं । बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन । प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि उनलाइ पक्राउ गरिएको हो । घरायसी विवादमा बुहारीले सासुलाइ कुटपिट गरेको र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।

मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिए पछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ३७ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि