१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके, हामी चन्द्रमाको पूजा गरेर बसिराखेका छौँ : प्रदेश प्रमुख शेरचन



चितवन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षण संस्थामा शिक्षक र विद्यार्थीको राजनीतिक आस्था फरक–फरक भए पनि राजनीतिक स्वार्थ पूरा गर्न संस्थालाई राजनीतिको थलो बनाउन नहुने बताएका हुन् ।

प्रमुख शेरचनले भने, “आजको युग प्रतिस्पर्धाको युग भएकाले विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सबै शिक्षण संस्थाको ध्यान जानुपर्छ । विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके । खेती गर्ने योजना बनाइसके तर हामी भने चन्द्रमाको पूजा गरेर बसिराखेका छौँ । अब उपनिवेशवादी शिक्षा नीतिलाई बदलेर प्रविधिको युगमा प्रवेश गर्नुपर्छ ।”

प्रमुख शेरचनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले सबैले युवा युवा भन्ने गरेको तर पुराना र नयाँबीचको अनुभवको आदानप्रदानबाट मात्र देश सही ढङ्गले अगाडि बढ्न सक्ने विचार राखे ।

उनले भने, “होस नभई जोसले मात्र युवा अगाडि बढे भने देश कता पुग्छ ठेगान हुन्न । म आफू ८१ वर्ष भए पनि युवा जोसले नै काम गरिरहेको छु ।”

उनले देशमा भ्रष्टाचार बढ्दै गइरहेको विषयमा चिन्ता व्यक्त गरे । उनले भने, “म स्वास्थ्यमन्त्री भएर काम गर्दा पनि कमिसनको पोको आउने गर्दथ्यो । मैले त्यो पैसा उपचार कोषमा जम्मा गर्दथेँ । पाँच प्रतिशत कमिसन तपाईंकै हो भन्दै पैसा बोकेर आउने गर्दथे । अहिलेका स्वास्थ्यमन्त्री के गरिरहेका छन् मलाई थाहा छैन ।”

कार्यक्रममा बागमती प्रदेशसभा विपक्षी दलका नेता जगन्नाथ थपलियाले विगतमा आफूहरुले चितवनका क्याम्पसमा विद्यार्थीको सङ्ख्या र पहुँच खोजेको तर अब भने शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिए । “विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । आजको युग सूचना प्रविधिको युग भएकाले सोहीअनुसारको शिक्षा आवश्यक छ”, उनले भने ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्राडा भीमराज अधिकारी, पूर्वप्रदेशमन्त्री घनश्याम दाहाल, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद ईश्वर सापकोटा, पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेल, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सप्तगण्डकी जर्नलको पनि विमोचन गरिएको थियो । सप्तगण्डकी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलले प्रकाशन गरेको यो जर्नलमा ११ वटा अनुसन्धानमूलक लेखहरु सङ्ग्रहित गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : २७ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना