१७ श्रावण २०८३, आइतबार | August 2, 2026

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने



बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । ‘शान्ती र समृद्धीका लागि खेलकूद’ भन्ने मूल नारासहित रुपन्देहीको बुटवल-१० रामनगर स्थित कालिका मानवज्ञानको मैदानमा यही असार १३ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

जननेता स्वर्गीय मदन भण्डीको जन्म जयन्ती तथा स्मृतीमा प्रत्येक वर्ष खेल गतिविधी सञ्चालन गर्दै आएको एकेडेमीले लुम्बिनीबाट सुरु भएको यो सिजनको अभियान समापनको सन्दर्भमा भलिबल प्रतियोगिता आयोजना गरिएको भलिबल विभागका प्रमुख बुद्धि बस्यालले बताए । लुम्बिनीमा गत चैत्र २३ गते शान्तीको कामना गर्दै हाफ म्याराथनको आयोजना गरि अभियान सुरु गरिएको थियो ।

बुटवलमा आयोजित भलिबलमा विजेता समुहले ७० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उप विजेता समूहले ५० हजार, तृतीयले ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले १५ हजार नगद राशीसहित कप मेडल पमाणपत्र प्राप्त गर्ने प्रमुख बस्यालले बताए । यसैगरी विधागत तर्फ वेष्ट प्लेयरका लागि ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति १ हजारका दरले नगद पुरस्कार रहेको उनले बताए । प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब २ दर्जन छात्र तथा डेढ दर्जन बढी छात्रा तर्फको समूह सहभागी हुने भएका छन् । प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने पाउने प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख खर्च अनुमान गरिएको छ ।

सबैका लागि खेलकूद भन्ने मुख्य उद्देश्यका साथ २०६६ पुस १७ अर्थात जनवरी १ २०१० मा मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको हो। एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीदेखि खेलप्रेमीहरु आवद्ध भएको अध्यक्ष धुर्व आचार्यले बताए । एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरीरहेको उनले बताए ।

एकेडेमीले यो वर्ष, अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनी पिस ओपन हाफ म्याराथन प्रतियोगिता लुम्बिनीबाट सुभारम्भ भई अन्य विभिन्न खेल विधाका राष्ट्रिय एवं क्षेत्रीय प्रतियोगिता सम्पन्न गरेको छ । जसमा क्रिकेट, कराते, रेस्लिङ, ब्याडमिन्टन, चेस, फुल कन्ट्याक्टका राष्ट्रिय प्रतियोगिता आयोजना भएका थिए । फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतमा प्रदेशस्तरीय प्रतियोगिता भएका थिए । संघीय राजधानीदेखि सात प्रदेश सम्मलाई समेटेर आयोजना गरिएका प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्भित भएको अध्यक्ष आचार्यले दाबी गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ११ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो