९ श्रावण २०८३, शनिबार | July 26, 2026

वैवाहिक कार्यक्रममा बेहुली बेहोस, ६ घन्टा पछि पुन बेहोस हुदाँ मृत्यु



नवाड । बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ । विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो । यो घटना बिहारको नवादा जिल्लाको हो ।

बेहुलीको मृत्यु हुनासाथ खुशीको माहोल शोकमा परिणत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जिल्लाको काउकोल थानाको महापुर गाउँमा भएको घटनाले इलाकाका सबैलाई दुखी बनाएको हो । समाचार अनुसार महापुर गाउँमा विवाह भएको पाँच छ घण्टा नबित्दै नवविवाहित युवतीको मृत्यु भएको छ ।

महापुर गाउँका सुबोध मिस्त्रीका छोरा रोहित शर्माको झारखण्ड राज्यअन्तर्गत कोडरमाको लालगढ गाउँकी युवतीसँग नवादाको शोभनाथ मन्दिरमा विवाह भइरहेको थियो । जहाँ विवाह समारोहकै क्रममा युवती बेहोस भइन् । त्यसपछी कुनै न कुनै प्रकारले विवाह समारोह सकिएपछि शुक्रबार साँझ करिब ७ बजे नवविवाहित जोडी महापुर गाउँमा आएका थिए ।

घर ल्याए पछि फेरी दुलही बेहोस भइन । यसपछि आफन्तले हतारमा नवविवाहित युवतीलाई नजिकैको अलीगञ्ज बजारमा रहेको निजी क्लिनिकमा लगे, जहाँबाट उनलाई नवादा रिफर गरियो तर नवविवाहित महिलाको बाटोमै मृत्यु भयो । जसले सो गाउँलाई पुरै शोकमा पारिदियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : १९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको