४ पुस २०८२, शुक्रबार | December 19, 2025

सङ्कट समाधानमा सरकार गम्भीर भएन : महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले मंगलबार आयोजना गरेको विपीको प्रजातान्त्रिक समाजवाद र पार्टीको आगामी महाधिवेशन विषयक कार्यक्रममा उनले सरकारले रेल र पानीजहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि सङ्कटका बेलामा जनतालाई बचाउने भन्दा कुर्सी जोगाउन लागेको आरोप लगाए ।

महामन्त्री कोइरालाले कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताउँदै गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको उल्लेख गरे ।

कांग्रेसको सङ्गठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि पार्टीको १४ औँ महाधिवेशन आवश्यक भएको बताउँदै उनले महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको अवगत गराए । उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको पार्टीको साङ्गठनिक समायोजनको काम, क्रियाशील सदस्यता वितरण र नवीकरण सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताउँदै आगामी महाधिवेशनले काँग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्ने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा विपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई समेटिएको बताए । रासस

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको