९ भदौ २०८३, मंगलबार | August 25, 2026

तिब्बतमा भेटियाे एसियाकै सबैभन्दा अग्लाे रूख, स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो



बेइजिङ । संसारमा धेरै रहस्यहरू लुकेका छन्, जसको अनुसन्धान वैज्ञानिकहरू दिनहुँ गरिरहेका छन् । यस सन्दर्भमा वैज्ञानिकहरूले एशियाको सबैभन्दा अग्लो रूख पत्ता लगाएका छन्, जुन चीनमा फेला परेको छ ।

चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ । यो रुख न्युयोर्कको स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो छ र विश्वको दोस्रो सबैभन्दा अग्लो रुख हो ।

यो विशाल रूख चीनको तिब्बत स्वायत्त क्षेत्रको बोम काउन्टीको न्यिन्ची शहरको यार्लुङ जाङ्बो ग्रान्ड क्यान्यन नेचर रिजर्भमा पेकिङ विश्वविद्यालयको अनुसन्धान टोलीले मे महिनामा फेला पारेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष अप्रिल महिनामा वैज्ञानिकहरूले तिब्बतको मेडोग काउन्टीमा २ सय ५२ फिट अग्लो रुख फेला पारेका थिए । त्यसपछि अक्टोबर महिनामा २ सय ७४ फिट अग्लो रुख भेटिएको थियो । तर, अब यो नयाँ रुख फेला परेपछि एसियाको सबैभन्दा अग्लो रुखको कीर्तिमान फेरि एकपटक अद्यावधिक भएको छ ।

यसबाहेक वैज्ञानिकहरूले यस क्षेत्रमा अन्य धेरै ठूला रूखहरू पनि पत्ता लगाएका छन् । जसमध्ये २ सय ७९ फिटभन्दा अग्लो ५० रुख र २ सय ९५ फिटभन्दा अग्ला २५ रुख फेला परेका छन् । सयौं फिट अग्लो यो सिप्रस रूख विशेष छ किनभने यसको जरा पृथ्वीमा पूर्ण रूपमा छैन ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ४७ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै