१० भदौ २०८३, बुधबार | August 26, 2026

हावाबाट कोरोना भाइरस फैलिने तथ्य विश्व स्वास्थ्य संगठनबाट स्वीकार



हावाबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने तथ्यलाई विश्व स्वास्थ्य संगठनले स्वीकार गरेको छ ।

यसअघि विभिन्न देशका सयौं वैज्ञानिकहरुको समुहले डब्लुएचओलाई खुला चिठी लेख्दै भाइरसको फैलावटसम्बन्धी हालसम्मको पूर्व निर्देशनलाई परिवर्तन गर्न अपील गरेका थिए ।

डब्ल्यूएचओका कोभिड-१९ महामारीसँग जोडिएका टेक्निकल लीड डाक्टर मारिया वान केरखोवले पत्रकार सम्मेलनमा भनिन, हामी कोरोना भाइरस हावाबाट फैलिने आशंकाकाको बारेमा छलफल गरिरहेका छौं ।

यसबारे विश्व स्वास्थ्य संगठनका बेनेदेत्ता आल्लेङ्ग्राजीले भनेका छने कि कोरोना भाइरस हावाको माध्यमबाट फैलिन प्रमाण मिलिरहेको छ ।

उनले भनेका छन्, ‘खासगरी सार्वजनिक स्थानमा, भीडभाडयुक्त क्षेत्रमा कम हावा भएको बन्द स्थानमा हावाको माध्यमबाट भाइरस फैलिन आशंकालाई अस्वीकार गर्न सकिँदैन । यद्यपी, यसबारे अझै ठोस प्रमाणको खोजी भैरहेको छ ।’

धेरै परिवर्तन हुनसक्छ
यसअघि डब्लुएचओले भन्दै आएको थियो कि सार्स कोभिड १९ भाइरस मुख्य गरी कोरोना संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाको माध्यमबाट फैलिन्छ ।

डब्ल्यूएचओ कमसेकम ३ दशमलव ३ फुटको दुरी कायम भए भाइरसको फैलावट राकिन सक्ने तथ्य बताउँदै आएको थियो । तर, अब, हावाको माध्यमबाट भाइरस फैलिने तथ्य सावित हुँदै गएको छ । यसको अर्थ दुई व्यक्तिबीचको कम्तिमा ३ दशमल ३ फुटको भौतिक दूरीको नियममा पनि परिवर्तन हुनेछ ।

डब्ल्यूएचओ यसबारेमा छिट्टै विवरण सार्वजनिक गर्ने वान केरखोवले बताएकी छन् ।

उनले भनिन, ‘भाइरसको प्रसार रोक्नका लागि निकै ठूलो स्तरमा रोकथामको जरुरत छ । इसमा न सिर्फ भौतिक दूरी मात्र कायम हुनेछ, मास्कको प्रयोग लगायत अन्य नियम पनि सामेल छ ।’

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित भएको खुला चिठीमा ३२ देशका २३९ जना वैज्ञानिकहरुले हावाबाट कोरोना भाइरसको संक्रमण फैलिन प्रमाण सार्वजनिक गरेका थिए । उनीहरुले अनुसन्धान रिपोर्टमा भनेका छन, ‘यो ‘फ़्लोटिंग वायरस’ है जो हावामा रहन सक्छ । मानिसले श्वास लिँदा संक्रमित गराउन सक्छ ।’

विश्व स्वास्थ्य संगठनलाई लेखिएको सामुहिक चिठीमा वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमण हुनसक्नेबारे दिइएको पूर्व निर्देशनलाई परिवर्तन गर्न आग्रह गरेका थिए ।-बीबीसीबाट

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : २१ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न