२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय छात्र/छात्रा अन्तरमावि भलिबल सुरु



बुटवल । बुटवलमा लुम्बिनी प्रदेशस्तरीय अन्तरमावि भलिबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा बुटवल रामनगर स्थित कालिका मानव ज्ञान माविको खेलमैदानमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले खेल र खेलाडीको ब्यवसायिकताको लागि प्रतियोगिताको निरन्तरता जरुरी रहेको बताए । उनले जननेता मदन भण्डारीको सिद्धान्तमा खेल र खेलाडीको भावना मेल खाने भएको पाउने बताए ।

उदघाटन खेलमा सेन्ट जोसेफले सिद्धार्थ ईङलिस बोर्डिङ स्कुलमाथि २-० को सेटमा जित निकालेको छ । यसैगरी न्यू होराईजन ईङलिस बोर्डिङ स्कुलले दीप बोर्डिङ स्कुललाई २-० तथा उजिरसिह माविले देवदह ईङलिस बोर्डिङ स्कुललाई २-० को सेटमा पराजित गरेको हो ।

एकेडेमीले राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्रयाक कराँते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुँदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको हो । उमेर समूहको खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुद आर्थिक समृद्धसँग पनि जोडिएकोहुँदा अब प्रत्यक विद्यालय स्तरबाट नै खेलाडी उत्पादनमा लाग्नु पर्ने बताए ।

बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले रुपन्देही खेलको उर्वरभूमी भएको बताए ।

असार १७ गतेसम्म हुने प्रतियोगितामा छात्र १२ छात्रा ७ टिम सहभागी छन । खेल लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताका प्रमुख रेफ्री किसन चन्दले बताए । समूह चरण अन्तरगत छात्रतर्फ बुधबारको अन्तिम खेल वर्षाले गर्दा स्थगित भएको छ ।

 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ४६ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास