१८ माघ २०८२, आइतबार | February 1, 2026

गैडहवा गाउँपालिकाका ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण



बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाले ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहिबार एक कार्यक्रमका बीच उनीहरुलाई पूर्जा वितरण गरिन् । उनले सरकारले नाप जाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयहरुलाई लालपूर्जा वितरण कार्यलाई प्राथमिकतामा राखेको बताईन् ।

श्रेष्ठले सामाजिक तथा आर्थिक रुपमा पिछडिएको भुमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भुमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको भुमिमा समान अधिकार स्थापित गर्न, मुक्तकमैया, मुक्तहरैया, हरुवाचरुवाको बसोबास र व्यवस्थापनको विषय भुमिको उचित प्रयोगमार्फत उत्पादन बढाउनेलगायतका विषय संविधानका व्यवस्था गरिएको उल्लेख गर्दै यसको कार्यान्वयनको दिशामा अगाडी बढेको बताईन् ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भुमिहीन सुकुम्बासी र अव्यवस्थित वसोबासीहरुको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताए । उनले भुमिहीनबाट सरकारले लिने राजश्व चर्को भएको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौंदेखि जमिनको भोगचलन गर्दै आएकाहरु पूर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफुहरुले पहल गरेको बताए ।

इच्छाशक्ति भए भुमिहीन सुकुम्बासीहरुका समस्या समाधान गर्न सकिन्छ भन्दै उनले भने, “पुस्तौंदेखि बसेको घर, जोतखन गरेको जमिन सरकारकै नाममा थियो । खेतिपाती गर्ने र बस्ने बाहेक उनीहरुले आफ्नो जायजेथा बेचेर अन्त जान वा कुनै कारोबार गर्न पाएका थिएनन् । हामीले उनीहरुको गुनासो सुनेपछि तत्काल यसको समाधान खोज्यौं ।”

भोगचलन गरेको ६३ वर्षपछि लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरुले व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्न समेतबाट वञ्चित थिए ।

यस्तै गैडहवा गाउँपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा गाउँपालिकाको वडा नं ८ बाट पुनः नापजाँच सुरु भएको छ ।

जग्गा आवासका लागि योग्य भएको सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : १५ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री