५ पुस २०८२, शनिबार | December 20, 2025

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवस



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २५ औ स्थापना दिवसको अवसरमा विविध रचनात्मक कार्यक्रम गर्दै मनाएको छ । कार्यक्रममा संस्थापक देखी छुट दिएका घरधनी सम्मान गरि मनाईएको हो ।

शुक्रबार औपचारिक कार्यक्रमको लुम्बिनी प्रदेशका पुर्व स्वस्थमन्त्री तथा प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै समाज विकासमा संघसंस्थाहरुको योगदान महत्त्वपूर्ण हुने बताए । आदिमानव रामापिथेकस, जितगढी किल्लासहित धेरै ऐतिहासिक र धार्मिक पर्यटन क्षेत्रहरु ओझेलमा रहेको भन्दै सरोकारवाला निकायहरुको चासो यसमा जानुपर्ने बताए । आर्थिक केन्द्र बुटवललाई हब बनाउने गफमात्र नभई योजनाबद्घ रुपमा लैजानुपर्ने उनले बताए ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन व्यवसायीहरुको पिरमर्कामा सबैको साथ जरुरी रहेको बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुप्रति सरकारबाट कन्जुस्याइँ भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय, पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका प्रशासन प्रमुख बालकृष्ण गैरेले होटल व्यवसायीहरुको हकहितमा पर्यटन विकास र प्रवद्घर्नमा सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटन क्षेत्रको पहिचान गरि प्रचारप्रसार गर्ने काम गरिरहेको उनले बताए ।

संघका संस्थापक अध्यक्ष माधव प्रसाद नेपाल, पुर्वअध्यक्ष मोदनाथ बेल्बासे, महेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, नेपाल होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, संघका पुर्वअध्यक्ष तथा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले धार्मिक पर्यटनको रुपमा विकास गरि विश्वभरबाट पर्यटन ल्याउन सकिने सम्भावना रहेको बताए ।

यसैगरि दुई दर्जन बढि घरधनीहरुलाई सम्मान गरिएको संघका महासचिव अर्जुन थापाले बताए । १८ जना व्यवसायीहरुबाट स्थापना भएको संस्थामा हाल १ हजार २ सय ३ जना सदस्यहरु आवद्ध छन ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ०१ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले