२० मंसिर २०८२, शनिबार | December 6, 2025

केन्यामा भयानक सडक दुर्घटना, ४८ जनाको मृत्यु



नैरोबी । पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

ढुवानी कन्टेनर बोकेको लरी सडकबाट ओर्लिएर धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।

रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिएका छन् । उनले शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।

दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए,’ उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए ।

लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् ।

केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’

स्मरण रहोस, शुक्रबार साँझ भएको दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो । गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट खसेर नदीमा खसेको थियो । उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : १५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल