१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

फ्रान्समा हिंसा रोक्न ४० हजार प्रहरी मैदानमा, ८७५ प्रदर्शनकारी पक्राउ



पेरिस । फ्रान्समा चौथो दिनसम्म पनि हिंसा जारी रहेको छ । एक १७ वर्षीया युवाको प्रहरीले गोली हानेर मारे पछि सोको विरोधमा सयौं मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।

सो क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् ।

बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ ।

सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ८७५ प्रदर्शनकारी पक्राउ गरेको छ । प्रहरीका अनुसार यी प्रदर्शनकारीहरूमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन् ।

फ्रान्स २४ को रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजानी गरेका छन । सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजानी र तोडफोड भएका छन् ।

गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो । ड्राइभिङ लाइसेन्स नभएका अरबी मुलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भए पछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ३६ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त