८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

अविरल वर्षाले लुम्बिनी प्रदेशका आधा दर्जन बढी सडक अवरुद्ध



बुटवल । शुक्रबार साँझबाट भएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । बुटवल गुल्मी सडक अन्तर्गत सिद्धबाबा र ढुँगाखानीमा बिहानै देखि अवरुद्ध सडक ८ः४० बाट एकतर्फी संचालनमा आएको छ भने अन्य झण्डै आधा दर्जन सडक अवरुद्ध रहेका छन् ।

पूर्व खैरेनी माथागढी सडक पूर्णरुपमा अवरुद्ध रहेको छ भने पाल्पाको रम्बा गाँउपालिका १ सहजी खोला बढेर कालिगण्डकी करिडोर बन्द भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार पश्चिम गारुसिङ्गे अर्घाखाँची सडक २ स्थानमा अवरुद्ध भएको छ । सितगङ्गा ४ कोन्दे्र खोलामा बाढी आएर सडक बन्द भएको छ भने सोही सडकको सन्धिखर्क नगरपालिकाको दशह खोलामा पनि बाढी आएर सडक अवरुद्ध भएको छ ।

उता भालुवाङ प्युठान सडक अन्तर्गत माण्डबी ५ सिमलचौर नजिकै पहिरो खसरे सठक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरक्षिक होम बहादुर थापाले जानकारी दिएका छन् ।

वर्षा जारि रहेकाले कुनैपनि बेला पहिरो खस्न सक्ने र सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्दा सडकको अवस्था बुझेर वा अत्यावश्यक काममा मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ०८ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ