७ कार्तिक २०८३, शनिबार | October 24, 2026

हिरासतबाट भागेका भगौडा थुनुवा प्रहरी नियन्त्रणमा



बर्दिया । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार भएका दुई जना शनिबार बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका छन् ।

शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली फरक फरक समयमा पक्राउ परेका हुन् । ज्यान मार्ने उद्योगमा यही असार ८ गते पक्राउ परेका मधुवन नगरपालिका वडा नम्बर ५ का अजय नेपाली र राजा नेपाली शुक्रबार विहान ६ः१० बजे हिरासतबाट भागेका थिए ।

फरार रहेका अजयलाई शुक्रबार दिउंसो १२ः५० बजे मधुवन-५ कै बेलझुण्डी सामुदायिक वनबाट पक्राउ गरिएको थियो भने राजालाई शनिबार (आज) बिहान ८ः४० बजे सोही स्थानको डांडे सामुदायिक वनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रबक्ता हिक्मत बोहराले जानकारी दिए ।

प्रहरकिा अनुसार अघिल्लो राती बत्ती गएकाले खाना बाहिरा निकाल्ने बेलामा डिउंटीमा रहेका प्रहरीले चांबीको झुप्पा नजिकै राखेको मौका पारेर अजय र राजाले एउटा चांबी निकालेका थिए । झुप्पाबाट एउटा चांबी निकालेको डिउंटीमा रहेका प्रहरी थाहा नपाउंदा उनीहरु बिहान भागेका थिए ।

बर्दिया प्रहरीले घटनाको छानबिन गर्न प्रबक्ता डीएसपी बोहराको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका प्रतिबेदनका आधारमा थुनुवा भामगेको प्रकरणमा कारवाही हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ५ : ५० बजे

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने