१२ पुस २०८२, शनिबार | December 27, 2025

‘मस्तिष्क मृत्यु पश्चातको अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी’



बुटवल । मस्तिष्क मृत्यु पश्चातको अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी रहेको सरोकारवालाहरूले बताएका छन् । मस्तिष्क मृत्युपश्चात सडेर र खरानी बनेर जाने अंगले अरूको ज्यान बचाउन सकिन्छ भन्ने आम मानिसहरुमा चेतना फैलाउन नसक्दा अंगदान गर्नेको संख्या बढ्न नसकेको भन्दै उनिहरूले त्यसबारे जनचेतना जगाउन जरुरी रहेको बताएका हुन ।

स्वस्थ्य मन्त्रालय अन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालिकाे आयोजनामा शनिबार बुटवलमा भएको मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सराेकारवालाहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा पुकार श्रेष्ठले तीन कराेड जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको बताए । छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै उनलेे यो अभियान देशब्यापी गराउने उल्लेख गरे ।

नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुनेगरेकाे भन्दै उनलेे जसबाट ८ हजार अंगहरु प्राप्त गर्न सकिने बताए । एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाको जीवन बचाउन सकिने उनको भनाइ छ ।

एकजना मृगौला राेगिका लागि सरकारले प्रतिबर्ष दुई लाख ५२ हजार रूपया खर्च गर्ने गरेको भन्दै उनलेे एकजना मृगौला राेगिकाे दुई बर्षकाे डायसासिस खर्चले एकजनाकाे मृगौला प्रत्यारोपण गर्न सकिने जानकारी गराए । ‘प्रत्यारोपणको बिकल्प डायलासिस होईन ।’- उनले भने । प्रत्योरोपण गरेकाहरुको जीवन बढ्छ । नेपाल सरकारले डायलासिस निशुल्क गरेको छ । जसको मूल्य वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्चबाट प्रत्यारोपण गर्न सकिन्छ । पाच लाखमा मृगौला प्रत्यारोपणमा खर्च हुन्छ जुन निशुल्क रहेको छ । डायलोसिसमा हुने खर्च वा उपचार प्रविधिहरुमा हुने खर्च रोक्नसके यो लगानी देशलाई समृद्धि बनाउनतर्फ लगाउन सकिने उनलेे बताए ।

पहिले एउटा परिवारभित्रको सदस्यले मात्रै मृगौला दान गर्न पाउने ब्यवस्था रहे पनि अहिले ५३ प्रकारका नाता पर्नेले मृगौला दान गर्न पाइने ब्यवस्था छ । जुन बिषय संसदमा आठ वर्षदेखि पहल गरेर सफल भएको उनले बताए । देशभर प्रत्येक वर्ष मृर्गौला प्रत्यारोपणको माग ३ हजार जनाको आउने गरेकाे भन्दै उनलेे केन्द्रमा वर्षको २ सय जनाको प्रत्यारोपण क्षमता रहेको बताए । केन्द्रका अलावा अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ भन्दै उनले अहिले पोखरा, सुर्खेत र धनगढी र हेटौडा, बिरगंजमा सुरु गर्ने तयारी गरिहेको जानकारी गराए ।

डा कल्पना श्रेष्ठले अंगदान गरेको ब्यक्तिको परिवारलाइ बुझाउन धेरै कठिनाई देखिएको बताइन् । अंगदान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएको उनकाे गुनासो छ । जबकि २ वर्षसम्म अंग प्रत्यारोपण गरेको ब्यक्तिको परिक्षण निशुल्क गरिएको उनलेे जानकारी गराइन् । मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको भन्दै उनलेे यो मापदण्ड अनुसार नै वितरण गरिने बताइन् । जसमा प्राविधिक म्याचिङ भएकोलाई प्राथमिकता बढि छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्यको विषयमा तीन तहकै सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । नीतिगत समस्यालाई समाधान गरेर सेवा बिस्तारमा सरकारी अस्पतालहरुको ध्यान जानुपर्ने उनकाे भनाइ छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबाट स्वस्थ्यको क्षेत्रमा अभियान थाल्न जरुरी रहेको बताए । आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमा क्यान्सर, न्युरोसर्जन सेवा सुरु गर्ने तयारी भएको जानकारी गराए । हाल ९ वटा रोगहरुमा स्थानियपालिकाले सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ दिपेश श्रेष्ठ, डा शक्ति बस्नेतले समाजमा प्रत्यारोपणको बारेमा सचेतना जगाउने कार्य भइरहे पनि त्यसलाई थप व्यापक बनाउनुपर्नेमा जाेड दिए । केन्द्रबाट ३ सय ५० जना नर्स र चिकित्सकहरुलाई तालिम दिईएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

साे अवसरमा नेपाली हेल्थ पत्रिकाका सम्पादक राम प्रसाद न्याैपानेले कार्यक्रमकाे उदेश्य र महत्त्वबारे प्रकास पार्दै नेपालमा अंगदान गर्ने प्रक्रिया सहज भए पनि आम जनतामा त्यसबारे जानकारी नहुदा अंगदान गर्नेकाे संख्या बढ्न नसकेको बताए ।

नेपालमा अंग प्रत्यारोपणको कुनै बेला सेवा नहुदा उनि विदेशमा गएर अध्ययन गरे । मृगौला फेल भएका ९० प्रतिशत मानिस ३ महिनामा नेपालमा मर्छन भनेर डब्लुएचओले २००८ मा निकालेको प्रतिवेदनबाट निक्के गम्भिर भएको बताउछन । नेपालमा नै यो सेवा चलाउनुपर्छ भने र उनि ६ वर्ष प्रत्यारोपणको ज्ञान बेलायतमा लिन गए । एक जना मृगौला खराब भएको बिरामीले ५० हजार मासिक डायलोसिसमा खर्च गर्नुपर्ने त्यो बेलाको बाध्यत्मक अवस्था उनको मानसपटलमा अहिले पनि छ । ‘धेरै संघर्ष गर्नुपर्यो ।’—उनले भने । दक्ष प्राविधिकसंगै धेरै कानुनी जटिलताहरुलाई सच्याउन धेरै समय लागेको उनले बताए ।

महगो शुल्क तिरेर डायलासिसबाट आशिक हुँदै पुर्ण रुपमा निशुल्क डायलोसिस सेवा नेपालमा सम्भव भएको उनले बताए । निशुल्क डायलोसिसको अभियानसंगै प्रत्यारोपणमा बिशेष ज्ञान दिने काम भयो । यसमा बिरामीहरुको सोच अघि बढाउन प्रत्यारोपण २०७३ सालदेखि पुर्णरुपमा निशुल्क सरकारबाट घोषणा भयो ।

के हो मस्किष्क मृत्यु ?

ब्रेन स्टेम जीवनलाई सुचारु राख्न चाहिने मस्तिष्कको एक महत्वपुर्ण भाग हो । मस्तिष्क मृत्यु भएको व्यक्ति स्वयं सास लिन सक्दैनन् र सासको लागि भेन्टीलेटरमा निर्भर रहन्छन् । भेन्टिलेटरको सहायताले सासलिए पनि उसको नाडी, रक्तचाप एवं जीवनका लक्षण महसुस गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्ण रुपमा मृत घोषित गर्दछ । यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतीमा अंग निकाल्ने काम हुन्छ ।

कतिपय व्यक्तिलाई कोमा र मस्तिष्क मृत्युको अंतरमा शंका हुन सक्छ । कोमामा रहेको विरामी कुनै पनि बेला ठीक हुने सम्भावना रहन्छ । कोमाको विरामीलाई मस्तिष्क मृत्यु भएको घोषणा गर्न सकिदैन ।अनुसार मानिसले मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिन्छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : २२ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका