८ मंसिर २०८३, मंगलबार | November 24, 2026

उग्रतारामा आज भव्य मेला लाग्दै



डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ ।

स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।

अमरगढी नगरपालिका-८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।

मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन् । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन् ।

किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो । किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ । सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ ।

स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : ३६ बजे

Your email address will not be published.

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सांगठनिक विषयमा छलफल हुने अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’

एसिया कप राइजिङ स्टार्स : नेपालले आज पाकिस्तान ‘ए’सँग खेल्दै

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि, औपचारिक उद्घाटन मंसिर १६ मा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय

ताप्लेजुङको ओलाङचुङगोलामा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय