३ पुस २०८२, बिहिबार | December 19, 2025

विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना सम्भावित उम्मेदवार



जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड शुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक वर्षे कार्यकाल बाँकी रहँदै डब्लुटिओबाट राजीनामा दिएका थिए ।

नयाँ नेतृत्वका लागि इजिप्ट, केन्या, मेक्सिको, मोल्डोभा, नाइजेरिया र दक्षिण कोरियाबाट उम्मेदवारी परेको छ ।

पछिल्लो समय संयुक्तराज्य अमेरिकाले डब्लुटिओको कार्यशैलीमाथि प्रश्न उठाउँदै डब्लुटिओबाट नै अलग्ग हुने धम्की दिँदै आएको छ । अमेरिकाले गत डिसेम्बरदेखि नै डब्लुटिओको विवाद समाधान प्रणालीमा न्यायाधीश नियुक्तीमा अवरोध गरिरहेको छ । अमेरिकाले चीनलाई विकासशील मुलुकको समूहबाट माथि लैजान माग गरिरहेको छ ।

डब्लुटिओको प्रमुखका लागि सामान्यतया मतदान हुने गर्दैन । उम्मेदवारहरुबीच सहमतिका आधारमा एक पछि अर्को उम्मेदवारले आफ्नो उम्मेदवारी परित्याग गर्ने व्यवस्था छ । कुनै सहमति नभएमा मात्र मतदानको प्रावधान छ ।

सन् १९९९ मा दुई सम्भावित उम्मेदवारबीच सहमति हुन नसक्दा दुबै उम्मेदवारलाई कार्यकाल आधाआधा बाँडिएको थियो । डब्लुटिओको प्रमुखको कार्यकाल ६ वर्षको हुने गर्दछ ।

डब्लुटिओका आगामी उम्मेदवारका अगाडि निकै ठूला चुनौतीहरु छन्, खासगरी चीन र संयुक्तराज्य अमेरिकाबीचको बढ्दो व्यापारिक तनाबले समस्या सिर्जना गर्नेछ । साथै, विश्वव्यापी कोरोनाभाइरसको महामारीले शिथिल बनाएको विश्व व्यापारमा नयाँ किसिमका चुनौती समेत देखा पर्ने अनुमान गरिएको छ ।

विश्व व्यापार संगठनका अनुसार यसपटक उम्मेदवार दिनेहरुमा दक्षिण कोरियाका व्यापार मन्त्री यू म्यूङ–ही, केन्याका पूर्व विदेश मन्त्री अमनिा मोहमद, मेक्सिकोका पूर्व डब्लुटिओ उपमहानिर्देशक जेसस सिड कुरी, नाइजेरियाका पूर्व विदेश तथा अर्थमन्त्री नोजी ओकोन्जो–इवेला, इजिप्टका पूर्व कुटनीतिज्ञ हमिद ममदोउ र मोल्डोभाका पूर्व विदेश मन्त्री टुडोर उलियानोभ्ची रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : २४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको