१ पुस २०८२, मंगलबार | December 16, 2025

समयमै विधेयक ल्याउन नसकेकोमा सरकारले माग्यो माफी



काठमाडौं । सरकारले विधेयक ढिलोगरी प्रतिनिधिसभामा पेस गरिएकोप्रति माफी मागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत २० वैशाखमा अध्यादेश जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ ।

उक्त विधेयक ढिलोगरी पेस गरिएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले माफी मागेका हुन् ।

आइतबार बसेको पहिलो बैठकमा उक्त विधेयक टेबल गरेर दोस्रो बैठकमा सो विधेयकमाथिसैद्धान्तिक छलफल गराएपछि विधेयकको प्रतिसमेत नपाएको भन्दै सांसदहरुले आपत्ति जनाए । सोही क्रममा उनीले विधेयक छापामार शैलीमा ल्याइएको भन्दै सरकारको आलोचनासमेत गरे ।

यसपछि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिन रोस्ट्रममा पुगेका कानुनमन्त्री धनराज गुरूङले विधेयक पेस गर्न ढिला भएकोमा माफी मागेका हुन् ।

‘समयमै संसदमा विधेयक प्रस्तुत हुन नसकेकाले नेपाल सरकारको तर्फबाट माफी माग्नुपर्छ । तँ माफी माग भनेर धनराज गुरुङलाई भनिरहनु पर्दैन । किनभने म त्यस्तो अंहकारी हैन । कानुनमन्त्रीको जिम्मेवारी पाएको छु । तर, अहंकार चढेको छैन,’ उनले भने ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज