१७ माघ २०८२, शनिबार | February 1, 2026

बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट पाइने



काठमाडौ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिग मार्टको चौधौं वार्षिकोत्सवको सु–अवसरमा स्मार्ट क्युआरले बिग मार्ट सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्नेछन् ।
यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।
यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : ४० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले