५ पुस २०८२, शनिबार | December 20, 2025

झन्डै १८ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । बिहीबारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको सो सडकखण्ड पुन: अवरुद्ध भएको हो ।

हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि पुन: अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुर गाडी ओहोरदोहोर भैरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा पुन पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर एउटा ट्रक सडक छेउमा फसेको छ । ट्रक चालक सामान्य घाइते भएका र उनको मुग्लिनमा उपचार भैरहेको पनि मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोसँगै सडक छेउमा कोल्टे परेर अडिएको ट्रक हटाएपछि मात्रै गाडी सञ्चालन हुन सक्छ । पहिरो पन्छाउन डोजर तैनाथ अवस्थामा रहे पनि ट्रक हटाउने क्रेन पुग्न बाँकी रहेकाले सडक खुल्न समय लाग्ने प्रहरीको भनाइ छ । यसअघि हिजो पनि शनिवार रातिदेखि अवरुद्ध भएको सडक बेलुकीपख मात्रै खुलेको थियो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदा पनि जोखिम कायमै रहने भएकाले नारायणगढ-मुग्लिन सडकखण्डमा सावधानीपूवर्क गाडी चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ५८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ