९ श्रावण २०८३, शनिबार | July 25, 2026

लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र



तुलसीपुर । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र एक हजार नौ सय ६४ किलोमिटर सडक कच्ची छ । प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्योगस्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरबका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण-सहरी आवद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्कीले बताए । लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी नौ हजार पाँच सय ९४ किलोमिटर सडक छ ।

८९ मोटरेवल पुल

लुम्बिनीमा पछिल्लो वर्षमा ८९ मोटरेवल पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश भरि २६ झोलंङ्गे पुल निर्माण भएका छन् । चालु आवमा मात्रै १७ मोटरेवल पुल र तीन झोङ्गे पुल निर्माण भएका छन् । लुम्बिनीमा चालु आवमा दुई सय ४८ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेशमा तीन हजार मेगावाट विद्युत् उत्पादनको क्षमता रहेको मन्त्री मास्कीले बताए ।

त्यस्तै लुम्बिनीमा ९८.३२ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँचमा पुगिसकेका छन् । रोल्पा र रुकुम पूर्व सबै भन्दा कम विद्युतीकरण भएका जिल्ला हुन् । लुम्बिनीमा परम्परागत ऊर्जाको प्रयोग गर्ने जनसङ्ख्या ५६.४ प्रतिशत रहेको छ, भने अन्य वैकल्पिक स्रोत प्रयोग गर्ने ४३.६ प्रतिशत रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : ५६ बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या