२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

लुम्बिनी प्रदेशसभाको बैठक चल्दैं गर्दा जेनेरेटरमा आगलागी भएपछि…



बुटवल । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । विद्युत लाइन गएपछि जेनेरेटर चलाउँदा जेनेरेटरमा आगलागी भएका कारण प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएका कारण १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकार बीच मंगलबार सहमति भएपछि बुधबारको बैठक बसेको थियो ।

बैठकलाई संबोधन गर्दै एमाले सांसद तुलसी चौधरीले मुख्यमन्त्री र केही मन्त्रीहरुले आफ्नो जिल्ला र क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै आपत्ति प्रकट गरे । त्यसअघि मुख्यमन्त्री डिल्लीकुमार चौधरीले बैठकलाई संबोधन गरेका थिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ०४ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात